भोटेकोशीमा बेपत्ता चालकको शव सुनकोशीमा फेला

0 Shares

काठमाडौँ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ स्थित भोटेकोशी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका ६ सोखु खोलास्थित सुनकोशी नदीमा फेला पारेको हो ।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार