नागरिकता कीर्ते गरेको कसूरमा वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

0 Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारबिक्रम थापाले बताएको छ । उनले भने, ‘१०/१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।’

जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भएपनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आवद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार