यो साता सुनको मूल्यमा भारी वृद्धि, बनायो कीर्तिमान

0 Shares

काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा यो साता सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाला सुन मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो साता बढेर अन्तिम कारोबार दिन एक लाख ५६ हजार ३०० पुगेको छ । यो मूल्य अहिलेसम्मकै कीर्तिमानी हो ।

यो साता चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यो साता चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो शुक्रबार प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी यो साताको अन्तिम कारोबार दिन एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार