0
Shares
काठमाडौँ । सुनको मूल्य रेकर्ड बिन्दुमा पुगेर गिरावट भएको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूल्य आज सय रुपैयाँ घटेको हो ।
बिहीबार छापावाला सुनको प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।