‘थकाली लङ्ग ग्रेन बास्मती’ चामल खरिदमा चमत्कार, मोटरसाइकलदेखि कारसम्म पाउनुहोस् उपहार

0 Shares

काठमाडौँ । सेञ्चुरी फुडको ‘थकाली लङ्ग ग्रेन बास्मती’ चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजाने गरी उपहारहरु पाउने भएका छन् ।

चाडपर्व नजिकिएसँगै थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकमाझ लिएर आएको हो । योजनाअन्तर्गत ग्राहकहरूले हरेक बोरामा हात खाली नजाने गरी उपहारहरु पाउने छन् ।

यस योजनामा भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म जित्न सक्नेछ । थकाली लङ्ग ग्रेन बास्मती चामलले डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो ।

कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहार राखिएको छ । जसमा माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रिजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार पाउने छन् ।

उक्त कार्यक्रममा कम्पनीले आफ्ना डिलरको उल्लेखनीय योगदानको कदर गर्दै डिलरहरूलाई दक्षताअनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमणलगायत विभिन्न योजनाको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

डिलरहरूको दक्षता र प्रतिबद्धताअनुसार डिलरलाई भ्रमणमा पठाइने साथै उक्त भ्रमण अवधिभरको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार