काँग्रेस बैठकमा धनराज गुरुङको बारे छलफल हुने

0 Shares

 

काठमाडौँ
नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी सहित शीर्ष नेताको बैठक बुधबार बुढानीलकण्ठमा बस्दै छ । बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी ठगीका विषयमा छलफल हुने एक नेताले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बोलाएको ती नेताले बताए । उपसभापति गुरुङले सहकारी ठगीको आरोप लागेपछि श्रीमती ज्योति गुरुङसँग नक्कली सम्बन्धन विच्छेद गरेको आरोप लागेको छ । तर, गुरुङले आफूले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेद गरी सकेकाले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । तर, उनको बारेमा पार्टीभित्र नेताहरूले बैठकमै कुरा उठाउने तयारी गरेका हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी सञ्चालक ज्योति गुरुङ सहित ५ जनाविरुद्ध जाहेरी परेको छ । केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी०ाम ेति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध जाहेरी परेको हो । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

यस्तै उपसभामुख इन्दिरा रानाको विषयमा पनि बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने ती नेताले बताए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अमेरिकी दूतावासलाई लेखेको पुरानो पत्रबारे प्रश्न उठाउँदै उपसभामुखलाई पदबाट हटाउनेबारे छलफल भएको थियो । सो विषय बाहिरिएपछि मंगलबार संसद्मा पक्ष र विपक्षमा चर्को बहस भएको थियो । अरू समसामयिक विषयमा छलफल हुने बताएको छ ।

सम्बन्धित समाचार