अवैध सुनसहित दुई जना पक्राउ, थप अनुसन्धान हुँदै

0 Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठानको सरुमारानी गाउँपालिका १ का ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका ५ का ३० वर्षीय देवराज खत्री छन् ।

उनीहरूलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट स्वदेश आएका हुन् । उनले ५४ ग्राम सुन ल्याएका थिए ।

उनको साथबाट एक ढिका सुन, एउटा बेरुवा औँठी र एउटा मोबाइल बरामद भएको छ ।

देवराजलाई भने बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ ।

सम्बन्धित समाचार