0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकारको सहजताका लागि काम गरे समस्या हुने बताए । राना रास्वपाबाट उपसभामुख बनेकी थिइन् ।
उनले भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नु हुनेछ स्मरण रहोस्‚ के नेपाली लोकतन्त्र यति कमजोर हो ? लोकतन्त्रको हुर्मत लिने हो ?’
उनले संख्या र सत्ताको शक्तिमा राज्य चलाउने काम गरे जनताको सार्वभौम सत्ताअघि कोही टिक्न नसक्ने बताए ।