0
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने प्रमुख राजमार्ग नागढुंगा खण्डको सडक अवरुद्ध भएको छ । नागढुंगा चेकपोस्ट नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
प्रहरी वृत्त थानकोटका अनुसार पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्गमा सवारी साधन रोकिएका छन् । अहिले बाटो खुलाउने काम भइरहेको छ ।