काठमाडौँ । सिजीले दसैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम ल्याएको छ । यस योजनाले सिजीका प्रत्येक सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानको खरिदमा ६० हजार ५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहार राखिएको सिजीले जनाएको छ ।
६५ र ७५ इन्चको टिभी र सिजी क्युलेड ५५ इन्चमाथिको खरिदमा २।१ स्पिकर सित्तैँमा, सिजी रेफ्रिजेरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान सित्तैँमा, सिजी रेफ्रिजरेटर (साइड बाई साइडरमल्टी–डोर) को खरिदमा मेरिडिया भ्याकुम सित्तैँमा, सिजी माइक्रोवेभ ओभनको खरिदमा कुफ्रकंग फ्रकट सित्तैँमा, सिजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल (६ किलो) सित्तैँमा, सिजी सेमी र टपलोड वासिङ मेसिनको खरिदमा एरियल (३ कलो) सित्तैँमा र सिजी डिसवासरको खरीदमा डिसवासर कट सित्तैँमा दिने कम्पनीले जनाएको छ ।
यस्तै ग्राहकले ३२ इन्चदेखि ५५ इन्चसम्मको सिजी टिभी खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् भने सिजी स्पिकर, चेपट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्ने बताइएको छ।
त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान सुविधा उपलब्ध गराउनेछ । यो योजना आजैदेखि सीमित अवधिका लागि देशभर लागू हुनेछ।