काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर आज सूचीकृत भएको हो ।
सोल्टी होटेलले गत आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र बाँकी २६.५७८९ प्रतिशत नगद लाभांश थियो। सोही बोनस सेयर आज धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । लगानीकर्ताले डिम्याटमा जम्मा भएपछि उक्त बोनस सेयर खरिद बिक्री गर्न सक्नेछन् ।
साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर करोबार भई कायम रहेका लगानीकर्ताले सोल्टी होटलको आज सूचीकृत ४४ लाख २३ हजार ८६४ कित्ता बोनस पाउनेछन् ।
सोल्टी होटेललले पुस २८ गते सम्पन्न ४८औं वार्षिक साधारण सभाका लागि पुस ५ गते बुकक्लोज गरेको थियो ।, यसअनुसार पुस ४ गतेसम्म कायम सेयरधनी लाभंशको हकदार भएका हुन् । पुस ५ गतेपछि सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।