विरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा तीन जना घाइते

0 Shares

काठमाडौँ । पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङबाट पोखरा जाँदौ गरेको एम्बुलेन्स कुश्मा नगरपालिका २, को सडक खण्डअन्तर्गत अर्मादीमा दुर्घटना भएको हो । एम्बुलेन्स बागलुङ जाँदै गरेको बससँग ठोकिएको थियो ।

प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस ठोकिएको हो । घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

एम्बुलेन्समा दुई जना बिरामी र एक जना आफन्त थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार