सन्दीपविरुद्ध बलात्कारको मुद्दामा दायर हुने, सर्वोच्च जाँदै सरकार

0 Shares

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन हुने भएको छ ।

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो ।

उच्च अदालत पाटनले सफाइपछि घटनामा पीडित भनिएकी गौशाला २६ ले मुद्दाअगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला २६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दाअगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

सम्बन्धित समाचार