0
Shares
काठमाडौँ । भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरिएको छ ।
मध्य प्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो ।
अधिकारीका अनुसार सबै यात्रु र चालक दललाई अवतरण गरिएको र विमानको विस्तृत जाँच गरिएको थियो । टोलीले विमानभित्र कुनै शंकास्पद वस्तु फेला पारेन ।
उक्त घटना दिल्लीलगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालमा पठाइएको बम धम्कीको श्रृङ्खलामध्ये सबैभन्दा नयाँ रहेको छ ।
गत जुनमा, भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।