0
Shares
काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेताहरु दुई दिनसम्म नेपालगञ्जमै बस्ने भएका छन् । लुम्बिनी प्रदेश परामर्श समितिको बैठक बस्न लागेकाले दुई दिनसम्म माओवादी नेताहरु नेपालगञ्जमै बस्ने भएका हुन् ।
शुक्रबार र शनिवार कर्णाली प्रदेशको बैठक सकेर आइतबार र सोमबार नेपालगञ्जमै बस्न लागेका छन् । पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेतहरु आइतबार बिहानै सुर्खेतबाट नेपालगञ्ज लाग्ने भएका छन् । तर, कतिपय नेताहरु शनिवार बेलुकै नेपालगञ्जमा पुगी सकेका छन् ।
माओवादीको नेपालगञ्ज लुम्बिनी प्रदेशको बैठक बिहान ११ बजेदेखि सुरु हुने भएको छ । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशको बैठकका लािग पूर्व लाग्ने भएका छन् ।