अन्नपूर्ण पत्रिकाका मालिक क्याप्टेन थापाको पुस्तक विमोचनमा पुगे प्रधानमन्त्री र देउवा

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’को विमोचन गरेका छन् । विमोचन कार्यक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित थिए ।

काठमाडौं हल्चोकमा एक समारोहबीच द्वन्द्वकालमा नेपाली सेनाको एमआई १७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन थापाले युद्ध स्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित गरेका हुन् ।

गत असार १७ गते कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएपछि हरेक कार्यक्रममा दुई नेताहरू एकसाथ देखिँदै आएका छन् । यसअघि उनीहरू टुँडिखेलमा आयोजित गौरा पर्वमा शुभकामना दिन पुगेका थिए । क्पाप्टेन थापा अन्नपूर्ण दैनिक पत्रिकाका मालिकसमेत हुन् ।

 

सम्बन्धित समाचार