काठमाडौँ
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि जारी बैठक आज(शनिबार सकिँदै छ । शनिबारको प्रदेश परामर्श समितिको बैठक सकेर नेताहरू लुम्बिनी प्रदेशको बैठकका लागि नेपालगन्ज जान लागेका हुन् ।
आइतबार र सोमबार लुम्बिनी प्रदेश परामर्श समितिको बैठक चल्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल लगायत नेताहरू सहभागी हुने भएका हुन् ।
आइबार र सोमबार चल्ने बैठकमा केन्द्रका पदाधिकारी सहित केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बैठकमा सहभागी हुने भएका छन् । प्रदेश बैठकमा नेताहरूले दिएका सुझाव सदस्तावेजको रूपमा केन्द्रीय समितिमा पेस गरिने भएको छ । अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक शनिवार कर्णाली प्रदेशको बैठक समापन गरिने भएको छ । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशको बैठक हुने भएको छ ।