0
Shares
काठमाडौं । सोमबार बनेको नयाँ सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । भागबण्डा मिलेसँगै बुधबार साँझसम्म नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणको तयारी अघि बढाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालयको भागबण्डा मिलेको हो ।
जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ । बागबण्डामा रास्वपालाई गृह र माओवादीलाई अर्थ दिने गरी सम्झौता भएको बताइएको छ ।