0
Shares
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३०० रुपैयाँले गिरावट भएको हो ।
मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । असअघि बिहीबार एक लाख ५३ हजार २०० मा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।