0
Shares
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका १० स्थित ५६ किलो भन्ने स्थानमा बसले बिहीबार साँझ ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । सडक–बाटोमा मागी हिँड्ने महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।