काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने भएका छन् । अध्यक्ष प्रचण्ड काठमाडौँबाट र अरु नेताहरु धनगढीबाट सुर्खेत जाने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने भएका छन् । अध्यक्ष प्रचण्ड काठमाडौँबाट र अरु नेताहरु धनगढीबाट सुर्खेत जाने भएका हुन् । प्रदेश परामर्श समितिको बैठक विहान ११ बजेदेखि सुरु हुने भएपछि सबै नेताहरु सुर्खेत पुगेका हुन् ।
माओवादी कर्णाली प्रदेशी परामर्श समितिको बैठकका लागि प्रचण्ड सहित शीर्ष नेताहरु सुर्खेत जाने भएका हुन् । शुक्रबार र शनिबार चल्ने बैठकमा केन्द्रका पदाधिकारी सहित केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बैठकमा सहभागी हुने भएका छन् । प्रदेश बैठकमा नेताहरुले दिएका सुझाव सदस्तावेजको रुपमा केन्द्रीय समितिमा पेस गरिने भएको छ ।
अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक शनिवार समापन गरिने भएको छ । भदौ १६ गते र १७ गते लुम्बिनी प्रदेशको बैठक नेपालगञ्जमा गरिने भएको छ ।