सुनको मूल्यले आज पनि बनायो कीर्तिमान

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार