0
Shares
काठमाडौँ
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श समितिको बैठक आज(बिहीबार) सकिने भएको छ । बुधवारदेखि सुदूरपश्चिमको धनगढीमा सुरु भएको प्रदेश परामर्श समितिको बैठक आज(बिहीबार) सकिने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने भएको छ । बैठकमा नृेताहरुले दिएका सुझाव र सल्लाहलाई पार्टी केन्द्रीय समिति बैठकमा दस्तावेजको रूपमा पेस गरिने भएको छ । सुदूरपश्चिमको धनगढी बैठक सकिएपछि शुक्रवार र शनिवार कर्णाली प्रदेशको सुर्खेतमा प्रदेशस्तरीय बैठक बस्ने भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्ष अग्निप्रसाद सापकोटा,पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत नेताहरू सहभागी भएका छन् ।