सभामुखले गरे टीआरसी विधेयक प्रमाणित

0 Shares

काठमाडौं । संक्रमण कालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) प्रमाणित भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रमाणित गरेका हुन् ।

संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विधेयक सभामुखबाट प्रमाणित गरिएको हो । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

सभामुखबाट प्रमाणित विधेयक अब राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

सम्बन्धित समाचार