0
Shares
काठमाडौं
नेकपा एकीकृत समाजवादी पार्टीमा सचिव पदमा पाँच जना विजयी भएका छन् । मंगलबार केन्द्रीय सदस्यबाट भएको निर्वाचनबाट पाँच सचिव निर्वाचित भएका हुन् ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न । कुल ५ सविचका लागि २६ जनाको उम्मेदवारी परेको थियो ।