0
Shares
काठमाडौं
नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष पदमा चार जना विजयी भएका छन् । एकीकृत समाजवादीको मंगलबार भएको निर्वाचनबाट उपाध्यक्षमा गंगालाल तुलाधर,जगन्नाथ खतिवडा प्रकाश ज्वाला र भनुभक्त जोशी निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा तुलाधरले १८९, खतिवडालदे १६१, ज्वालाले १४५ र जोशी १५६ मतले विजयी भएका छन् । जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् ।
मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए। वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए। बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।