0
Shares
धादिङ । जिल्लाको कालुपाण्डे राजमार्गअन्तर्गत नीलकण्ठ नगरपालिका ८ ससाहमा बस र माइक्रो आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ ज ०५२९ इभी भ्यान ठोक्किँदा माइक्रोमा सवार आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनामा घाइते भएकालाई धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने भएको छ ।