एकीकृत समाजवादीको मनोनयन सुरु २ बजेदेखि मतदान गर्ने तयारी

0 Shares

काठमाडौँ
नेकपा एकीकृत समाजवादीको बिहान ८ बजेदेखि मनोनयन सुरु भएको छ । अर्पण पार्टी प्यालेसमा मनोनयनसंगै दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको हो ।

अन्तिम नामावली प्रकाशित भएपछि दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने एक नेताले बताए । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

पदाधिकारीमा आकांक्षि बढी हुँदा सहमतिमा टुंगोयाउन अध्यक्ष माधवकुमार नेपाललाई पनि सकस परेको थियो । अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।
पार्टीको १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् ।

सम्बन्धित समाचार