चाडपर्व नजिकिदै गर्दा चामल र चिनीमा मूल्य वृद्धि, उपभोक्ता मारमा

0 Shares

काठमाडौँ  । चाडपर्व नजिकिदै गर्दा नेपाली बजारमा चामल र चिनीको भाउमा अस्वाभाविक वृद्धि भएको छ ।

व्यापारीहरूले भारतले निर्यातमा गरेको कडाइ र भन्सार महसुल वृद्धिलाई मूल्य वृद्धि भएको कारण बताउँदै आएका छन् । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार, स्वदेशी उद्योगको संरक्षणका नाममा सरकारले लगाएको ३० प्रतिशत भन्सार महसुल र १० प्रतिशत अग्रिम आयकर कट्टीले चिनी, दलहन, र चामलको मूल्य वृद्धि भएको हो ।

नेपाल खाद्य किराना सङ्घले भारतमा खाद्यवस्तुको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर परेको बताएको छ। उपभोक्ताहरू भने मौज्दात भएका वस्तुको पनि मूल्य बढेको भन्दै असन्तुष्ट छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चामल र चिनीको आयात गरेर मूल्यमा केही गिरावट आउने आश्वासन दिएको छ । तर, राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको कमजोरीले उपभोक्तालाई महँगीको मारमा पारेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार