सुनको मूल्यमा गिरावट

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

योसँगै सोमबार छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित समाचार