0
Shares
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको स्पष्ट पारेको छ ।
बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको स्पष्ट पारेका हुन् ।
रास्वपा सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै समाचार आएपछि कांग्रेसले यसबारे कुनै प्रस्ताव नराखेको जनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धनमा आफ्नो नेतालाई मन्त्री बनाइसकेको अवस्थामा सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्तावबारे समाचार आएको हो ।
रास्वपाले गृह मन्त्रालयसहित चार मन्त्रालयमा दाबी गरिरहेको छ । गृहमा माओवादी र नेकपा एमालेले पनि दाबी गरिहेको छ ।