सुनको मूल्यमा भारी वृद्धि

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँलेल बढेको हो ।

योसँगै आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको मूल्य तोलामा एक हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य एक हजार ८१५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार