यो उमेरमा घस्रेर पदमा बस्न आवश्यक थिएन- प्रधानमन्त्री ओली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू घस्रिएर पदमा बस्नु पर्ने आवश्यक नभएको बताएका छन् । उनले काठमाडौंमा आयोजित युथ कनक्लेभ २०२४ लाई सम्बोधन गर्दै पाको उमेर घस्रिएर आफ्नो लागि पदमा नबसेको बताए ।

‘अहिलको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्, फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग,’ उनले भने, ‘यो केही काम गर्नका लागि बनेको छ, म यो उमेरमा घस्रिनु पर्ने केही आवश्यक्ता थिएन ।’

यस्तै, उनले आफूलाई देशमा महिला प्रधानमन्त्री बनाउने चाहना रहेको बताए । आफ्नै नेतृत्वमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री, मुख्यसचिव बनाएको उनको दाबी थियो ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नु पर्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु,’ उनले भने । यस क्रममा उनले वर्तमान सरकार काम गर्नका लागि बनेको दाबी गरे ।

सम्बन्धित समाचार