रेकर्ड विन्दुमा पुगेर फर्कियो सुनको मूल्य, यो साता कति बढ्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो ।

यो साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि अघिल्लो शुक्रबार सोही सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यो साता सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । गत ५ गते बुधबार नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान राख्दै प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो साता चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । अन्तिम शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ कामय भएको छ ।

सम्बन्धित समाचार