एलन मस्कको दाबी- मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने परीक्षण सफल

0 Shares

काठमाडौं । एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीका लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । यस विषयमा न्यूरालिङ्कले दोस्रो परीक्षण सफल भएको जानकारी दिएको छ ।

न्यूरालिङ्कले वायरलेस चिप्स बनाएको छ । जसको मद्दतले शारीरिक रूपमा अशक्त बिरामीले सामान्य रूपमा काम गर्न सक्ने बताएको छ ।

मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप न्यूरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल भएको दाबी गरेको छ । दोस्रो परीक्षणमा पनि बिरामीलाई कुनै समस्या नपरेको कम्पनीले दाबी गरेको छ ।

यसअघि पहिलो परीक्षणमा मस्तिष्कको चिप प्रत्यारोपण गरिएको बिरामीमा थ्रेड रिट्र्यासनको समस्या देखिएको थियो । न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरू वा मेरुदण्डमा चोट लागेको व्यक्तिहरूका लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ ।

पहिलो परीक्षणमा बिरामी नोल्याण्ड अर्बाग, जसमा न्यूरालिङ्कले जनवरीमा उनको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो । केही समयपछि थ्रेड रिट्र्यासनको समस्या विकसित भयो ।

शल्यक्रियापछि अर्बागको मस्तिष्कमा रहेको धेरै साना फाइबरमा संकुचनको समस्या देखियो । यसले मस्तिष्क संकेतहरू मापन गर्ने इलेक्ट्रोडहरूको संख्यामा गिरावट ल्यायो ।

चिप प्रत्यारोपण गरेपछि बिरामीको अवस्थामा सुधार आएको थियो । मिडिया रिपोर्टका अनुसार जनावरमा परीक्षण गर्दा धागो फिर्ता हुने समस्या देखिएको थियो । अब कम्पनीले दोस्रो परीक्षणमा यस्तो समस्या नआएको दाबी गरेको छ ।

रिपोर्टमा न्यूरालिङ्कद्वारा डिजिटल चिप प्रत्यारोपण गरिएको पहिलो बिरामीले अब भिडिओ गेमहरू खेल्न, इन्टरनेट पहुँच गर्न, सोशल मिडियामा पोस्ट गर्न, आदि गर्न सक्षम रहेको उल्लेख गरिएको छ । गत महिना मात्रै अर्को बिरामीमा चिपको परीक्षण गरिएको थियो ।

न्यूरालिङ्क एउटा ब्रेन चिप स्टार्टअप हो । जसको स्थापना सन् २०१६ मा एलोन मस्कले गरेका थिए । यस स्टार्टअपअन्तर्गत एक सिक्का आकारको उपकरण (चिप) शल्यक्रियाको सहयोगमा मानव मस्तिष्कमा प्रत्यारोपण गरिएको छ ।

जसको धेरै पातलो तारहरू मस्तिष्कमा जान्छ र ब्रेन कम्प्यूटर इन्टरफेसको विकास गर्दछ । यो डिस्कले मस्तिष्क गतिविधि दर्ता गर्छ । यसलाई साधारण ब्लुटुथ जडानमार्फत स्मार्टफोन जस्ता उपकरणमा पठाउँछ ।

सम्बन्धित समाचार