0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको हो ।
बुधबार तोलाको ८०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य आज गिरावट भएको हो । योसँगै बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।