काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लि.बीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाइल एपमार्फत सजिलै लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र या लोन सुविधा सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवामार्फत लिइने लोन सुविधामा लागु हुने थप सर्तहरुबारे इसेवाको वोबसाईट/एपमार्फत जानकारी लिन सकिने छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकवर्गलाई बैंकिङ सुविधा दिँदै आएको छ ।