0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।