0
Shares
काठमाडौं । पहिलो पटक मन्त्री बनेकी डा. आरजु राणा देउवा औपचारिक भारत भ्रमणमा रहेकी छन् । भ्रमणमा मन्त्री डा. राणाले भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गरेकी छन् ।
उक्त भेटमा उनीहरूबीच द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदान प्रदान तथा सहकार्यबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । उनलाई भारतीय विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए ।
मन्त्री बनेसँगै राणा पहिलो विदेश भ्रमणका रुपमा भारत पुगेकी हुन् । उनी भदौ ६ गते स्वदेश फर्किंने कार्य तालिका छ ।