0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार सुन तोलामा तीन सयले घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्यले कीर्तिमान बनाउँदै तोलाको एक लाख ५२ हजार ६ सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।