काठमाडौं । त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
नेपाल घरेलु मैदानमा लगातार तेस्रोपटक त्रिकोणात्मक टी २० आई सिरिजको उपाधि चुम्न चाहन्छ । सन् २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै नेपालले उपाधि जितेको थियो । यस्तै, ०२२ को त्रिकोणात्मक टी २० फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।
यो सिरिजमा नेदरल्यान्ड्स ५ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल ४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ अंकका साथ तेस्रो स्थानमा हुँदै बाहिरिएको थियो ।
पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीच ११ टी २० आई खेल पूरा भएको छ । जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन भएको थियो ।