यो साता रेकर्ड बनाएर फर्कियो सुनको भाउ, कति बढ्यो मूल्य ?

0 Shares

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलनामा यो साता सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको हो ।

अघिल्लो शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यो शुक्रबार सोही सुनको मूल्य तोलाको एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यो साता सुनको मूल्य नयाँ कीर्तिमान बनाएको महासंघले जनाएको छ । साताको मंगलबार रेकर्ड बनाएको सुनको प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो साता चाँदी मूल्य पनि वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदी यो साता ३० रुपैयाँले वृद्धि भएको हो ।

सम्बन्धित समाचार