0
Shares
काठमाडौं । नेपाल टेलिकमको अधिकांश सेवा चार घण्टा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने जनाएको हो ।
टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यस क्रममा राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जानकारी दिएको हो ।
टेलिकमले जारी गरेको सूचनाअनुसार सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा डायल गर्न सकिने छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा मागेको छ ।