0
Shares
काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी युवतीको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका ६ घर भएकी सुष्मा नेपाली रहेकी हुन् । बिहीबार दिउँसो करिब २ बजे समयमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उनको घटना स्थलमै मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
यो पनि पढ्नुहोस्