ट्राफिकले लुकेर जाँच गर्दा स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्यु

0 Shares

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले लुकेर सवारी साधन जाँच गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीले रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले रोकेर जाँच गर्दै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो । घटनामा ट्रकले स्कुटरलाई घिसारेको थियो ।

ट्राफिक प्रहरीले लुकेर जाँच गरिरहँदा ट्रकले एक्कासी ब्रेक लगाउँदा दुर्घटना निम्तिएको स्थानीयबासीको भनाइ छ । स्थानीयबासीले ट्रकलाई तोडफोड गर्नुका साथै सडक अवरुद्ध गरेका थिए । यस्तै, स्थानीयबासले ट्राफिक प्रहरीले लखटेका थिए ।

घटनापछिको अवस्थालाई नियन्त्रणमा लिन ठूलो मात्रमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । मुख्य राजमार्गमा लुकेर सवारी जाँच गर्दा दुर्घटना भएको स्थानीयको दाबी छ ।

सम्बन्धित समाचार