0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य यथावत कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य स्थिर हुँदा प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निर्धारण भएसँगै नेपाली बजारमा मूल्य कायम हुँदै आएको छ ।