ई–सेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ अफर

0 Shares

काठमाडौँ । रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्स्फरले रक्षाबन्धन, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीज अवसरमा रेमिट पर्व अफर सार्वजनिक गरेको छ।

रेमिट पर्व योजना साउन ३० देखि एक महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत हरेक साता एक भाग्यशाली विजेताले २५,००० रुपैयाँ प्राप्त गर्न सक्नेछन्। योजनामा सहभागी हुन ग्राहकले विदेशबाट आफ्ना प्रियजनको ईसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १०,००० बराबरको रेमिट पठाउनुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।

सम्बन्धित समाचार