माओवादी स्थायी समिति बैठक जारी

0 Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि सुरु भएको पार्टी कार्यालयका एक सदस्यले बताए ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको स्थायी समिति बैठक गत शुक्रबारदेखि सुरु भएको हो । बैठक सकेसम्म मंगलबार नभए बुधबार बैठक सक्ने तयारी छ । बैठकमा एक नेतालाई जम्मा २० मिनेटको समय दिएको छ । बैठकका निर्णय सबैले बोल्दा विवाद थप बढ्ने देखिएपछि प्रवक्ता मार्फत मात्रै ल्याउन अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी र सङ्गठन निर्माण, जन वर्गीय सङ्गठनको सम्मेलन र विचार मिल्नेसँग एकता गर्ने एजेन्डा बनाएको छ । त्यस एजेन्डामा केन्द्रित भई नेताहरूले धारणा राखी रहेका छन् ।

 

सम्बन्धित समाचार