लगातार बढेको सुन सोमबार सस्तियो

0 Shares

काठमाडौँ । सोमबार सुन र चाँदीको भाउ सस्तिएको छ । साउन २८ गते, सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । चाँदी पनि आज तोलामा पाँच रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ ।

लगातार तीन दिन बढेको सुनको भाउ आज घटेको हो । आइतबार भने सुनको भाउ बढेर प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ७१५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलाको एक हजार ७२० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित समाचार