काठमाडौँ
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पनि जारी रहेको छ । बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न ११ एजेन्डामा छलफल भई रहेको हो ।
बैठकमा नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । गत बुधवार देखि चलेको बैठक अझै केही दिन जाने नेताहरूले बताएका छन् । बैठकका ११ एजेन्डामा महासमिति बैठकबाट पारित प्रस्तावका सम्बन्धमा, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, एक सय दिने साङ्गठनिक अभियान भदौ १५ गतेदेखि २५ गतेसम्म, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धमा,भातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्ध छन् । यस्तै क्रियाशील सदस्यता वितरण सम्बन्धमा, जनसम्पर्क समिति, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली काँग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ सम्बन्धमा र समसामयिक राजनीति अन्य विविध विषय छन् ।